समाज

पहिरोबाट जोगिन नाङ्गा पाखामा रुख रोपिदै

जुम्ला हिमा गाउँपालिका मच्ची सामुदायीक वनमा स्थानीय रुख रोप्न व्यस्त छन् । उनीहरु नाङ्गा पाखामा रुख रोप्न थालेका हुन् । नाङ्गा पाखामा पहिरो र भूक्षयको संभावना बढि भएकोले रोकथामका लागि धमाधम रुख रोप्न सुरु भएको स्थानीय बताउँछन् ।

जुम्ला तिला गाउँपालिका १ स्थित दहचौर सामुदायीक वनमा स्थानीय रुख रोपिरहेका छन् । देवद्यार, सल्लो, ढटेलो र डालेचुकका विरुवा रोपिएको हो । स्थानीय नरबहादुर रावत पहिरो र भूक्षयबाट गाउँबस्ती जोगाउन रुख रोप्न थालेको बताउँछन् । उनले भने,नाङ्गा पाखामा रुख रोप्छौँ, जलवायु परिवर्तनको असर कम गर्न पहल थाल्छौँ । ’

यो संगै जुम्लाको तीन वटा स्थानीय तहका सात वटा सामुदायीक वनमा रुख रोपिएको हो ।

जिल्लाको तिला गाउँपालिकाको दहचौर सामुदायिक वन, रानी सामुदायिक बन र देवीपातल सामुदायिक वनमा रुख रोपिएको हो । सामुदायिक वनमा जथाभावी फडानी भएकोले अहिले घना जंगल नाङ्गा पाखामा परिणत भएका छन् । जसले गर्दा पानीका मुहान सुखेका छन् । खडेरी पर्न थालेका छन् । सिँचाइ नहुँदा उत्पादनमा वर्षेनी गिरावट आउने गरेका छन् । जलवायुमा प्रत्यक्ष रुपमा असर परिरहेको छ । जलवायुको प्रत्यक्ष असर कम गर्नको लागि सामुदायीक वनमा रुख रोप्ने कार्यक्रम गरिएको हो ।

हिमा गाउँपालिकाको मच्ची सामुदायिक वन, गुलावदेव सामुदायिक वन र पातरखोलाको जुगेनी बनमा रुख रोपिएको छ । नाङ्गा पाखामा रुख पनि रोप्ने र स्थानीयलाई प्रत्यक्ष रोजगारी समेत सिर्जना हुने भएकोले स्थानीयले प्रत्यक्ष लाभ लिइराखेका छन् । अनुकुलन कोष र विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र पेस नेपालद्धारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले नाङ्गा पाखामा रुख रोप्न थालेको हो । सातवटा सामुदायिक वनमा झण्डै ३० हजार विरुवा रोपिएको पेस नेपालका अध्यक्ष किशोर न्यौपाने बताउँछन् ।

उनले भने,‘स्थानीय सरकारको समन्वयमा नाङ्गा पाखाको पहिचान गरेर रुख रोप्न थालिएको हो ।’ पछिल्लो समयमा यहाँका बन मासिने क्रममा छन् । तर रुख रोपिदिने कोही छैनन् । उनले भने,‘वनजंगलको संरक्षण र जलवायुमा भएको हलचल कम गर्न रुख रोप्ने कार्यक्रमको शुभारम्भ गरिएको हो । ’ यो कार्यक्रमले वनजंगल जोगाउन निकै ठूलो सहयोग गर्ने स्थानीय बताउँछन् ।

तातोपानी गाउँपालिकाको महादेव सामुदायिक वनमा रुख रोपिएको हो । यो परियोजना अन्तर्गत कर्णालीको मुगु र कालिकोट जिल्लामा पनि रुख रोप्न थालिएको हो । कर्णालीका तीन जिल्लामा गरेर झण्डै एक लाख रुख रोप्ने लक्ष छ । तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले रुख रोप्दै नाङगा पाखा हरियाली बनाउने योेजना स्थानीय तहको रहेको पनि बताईन् । त्यसमा क्याप्स कर्णालीले साथ दिएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनमा घना वनजंगल निर्माण गर्ने अभियानमा स्थानीय सरकार सदैव लाग्ने बताइन् ।

प्रकाशित: २ श्रावण २०७७ ११:११ शुक्रबार

पहिरो नाङ्गा पाखामा रुख