समाज

एकैदिन दुई मोटरसाइकल चोर पक्राउ

मोटरसाइल चोर्ने दुईजनालाई भक्तपुर प्रहरीले दुई छुटाछुटै स्थानबाट बुधबार पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने सरोजकुमार भण्डारीको घर कम्पाउण्डभित्र पार्किङ गरिराखेको बा २४ प ५९७५ नं. को मोटरसाइकल चोरी गर्ने दोलखा कालिञ्चोक गाउँपालिका वडा नं. ६ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं.४ बस्ने वर्ष २० का सुमन थामीलाई पक्राउ गरेको थियो । 

यस्तै, मध्यपुर ठिमी नगरपालिका वडा नं.२ सानोठिमीस्थित वन कार्यालय नजिक सानोठिमी पेप्सीकोला सडक खण्डबाट अन्दाजी दुई सय मिटर पर दिव्यश्वरी प्लानिङभित्र बाटोमा एकीकृत काठमाडौ सडक सुधार आयोजनाको बा २ ब ६४४ नं. को सरकारी मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं.४ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २० का विकास गुरुङलाई महानगरीय प्रहरी बृत मध्यपुर थिमिले जनाएको छ ।  

बुधबार एकाविहान तीन बजेर १० मिनेटमा कम्पाउण्डभित्र चोरी गरी लिई हिँड्न लागेको भन्ने प्रहरीलाई सूचना प्राप्त भए पश्चात् तत्काल प्रहरी खटिई गई सुमनलाई पक्राउ गरी भक्तपुर जिल्ला अदालतमार्फत म्याद थप गरी आवश्यक कार्वाहीको प्रकिया अघि बढाइएको महानगरीय प्रहरी बृत मध्यपुर थिमि भक्तपुरले जनाएको छ । साथै विकासले चोरी गर्ने मोटराइकल असार २८ गते बौद्धबाट हराएको भन्ने बुझिन आएकोले आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको जनाइएको छ ।

प्रकाशित: ३१ असार २०७७ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App