आज बुधबार पनि देशका विभिन्न स्थानमा वर्षा तथा बाढी, पहिरो र डुबानको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, ५, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना छ ।
यसैगरी बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न खोला/नदीमा बहाव बढ्ने सम्भावना छ ।
वर्षा र बाढीको सम्भावनाबारे तीन दिनसम्मकाे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।
प्रकाशित: ३१ असार २०७७ १०:५५ बुधबार