समाज

तनहुँमा पुरुष मृत अवस्थामा भेटिए

तनहुँमा एक पुरुष मृत भेटिएका छन् । बन्दिपुर गाउँपालिका–६ स्थित बुद्धसिंह मार्गमा पर्ने नाल्दीघाट नजिक धादिङको थाक्रे गाउँपालिका–२ घर भएका ५५ वर्षीय कान्छा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार बुद्धसिंह मार्गको नाल्दीघाटसंगैको सडक छेउमा मंगलबार साँझ तामाङको शव भेटिएको थियो । धादिङको थाक्रे गाउँपालिकाका तामाङ भाँडाको व्यापार गर्ने गरेको खुलको डिएसपी तिमिल्सिनाले बताए । शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । 

तामाङले मदिरा सेवन गर्ने र विरामी समेत रहेको कारण मृत्यु भएको हुन सक्ने डिएसपी तिमिल्सिनाले बताए । ‘घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रकाशित: ३१ असार २०७७ ०७:५२ बुधबार

पुरुष मृत अवस्थामा भेटिए