समाज

उपत्यकामा चल्न थाले मयूर यातायातका बस

फाइल तस्बिर

यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि मयूर यातायात प्रालिले भने बस सेवा सुरु गरेको छ । आज (सोमबार) देखि तीनवटा बस सञ्चालन गरिएको प्रालिले जनाएको छ ।  

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः खुलाउने निर्णय गरेको थियो ।  

त्यसको ५ दिनपछि प्रालिले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले जानकारी दिए । पहिलो दिनमा काठमाडौं–बनेपा र चक्रपथ रुटमा बस चलाइएको उनले बताए ।  

उनका अनुसार प्रालिले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उनले भने, ‘मंगलबार र बुधबारदेखि नै अरू बस थप्दै जानेछौं ।’  बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको जनाएको छ ।  

प्रकाशित: २९ असार २०७७ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App