समाज

पछिल्लो २४ घण्टामा ८२ जनामा संक्रमण, १४७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा संक्रमण पाइएको हो। जम्मा संक्रमितको संख्या १६ हजार ८०१ जना रहेको छ।

यस्तै १४७ जना कोरोना मुक्त भएर घर फर्किएका छन्। अहिलेसम्म ८ हजार ५८९ जना कोरोमना मुक्त भएका छन्।  

 

 

प्रकाशित: २८ असार २०७७ ११:०२ आइतबार

कोरोनाभाइरस