जारी वर्षाका कारण आज (आइतबार) पनि देशका विभिन्न स्थानमा बाढी तथा डुबानको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ
विशेषगरी आज प्रदेश १ र २ को तराई क्षेत्र बाढीकाे उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
‘आज कन्काई, कोसी, कमला बागमती, नारायणी नदी, प्रदेश १,२, बागमती र गण्डकी प्रदेश भई बग्ने नदीमा बहाव उच्च हुने,’ महाशाखाले आइतबार जारी गरेको सूचनामा भनिएको छ- ‘प्रदेश १ र २ को तराईका जिल्लामा उच्च जोखिम।’
हेराैँ बाढी पूर्वानुमान महाशाखाले जारी गरेकाे विस्तृत सूचना:
प्रकाशित: २८ असार २०७७ ०९:०९ आइतबार