समाज

आज कता–कता बाढीको खतरा?

फाइल तस्बिर

केही दिनयता देशभर बाढी र पहिरोको विपद् बढेको छ । बाढी र पहिरोकै कारण कैयौं व्यक्तिको मृत्यु भइसकेको छ भने कति जना बेपत्ता छन् । भौतिक क्षति त भनिसाध्य छैन ।  

यसैकारण हरेक दिन हरेक क्षण मौसमविद्ले वर्षा तथा बाढीको पूर्वानुमान गरेर सकेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सतर्क गराउने प्रयास गरिरहेका छन् । बाढी तथा पहिरोको सम्भावना रहेका क्षेत्रका बासिन्दाले बेलैमा सुरक्षित ठाउँमा सर्ने तथा विपद्बाट बच्ने विभिन्न उपाय अपनाए क्षति कम गर्न पक्कै पनि  सहयोग पुग्छ ।  

यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले आज शनिबार पनि बाढीसम्बन्धी पूर्वानुमान अद्यावधिक गरिरहेको छ ।  

शनिबार मध्याह्न १२ बजेसम्मको सूचनाअनुसार आज बागमतीको बाढीका कारण रौतहट र सर्लाहीका तटीय क्षेत्रमा जोखिम देखिएको छ ।  

आज बागमतीसहित कोसी, कमला र नारायणी नदीमा बाढी सतर्कता आसपास हुने देखिएको छ भने कन्काई नदीको बहाव खतरा तहसम्म पुग्ने सम्भावना छ । यस्तै प्रदेश १ र २ का चुरे र तराईबाट वहने साना नदीमा पनि आकस्मिक बाढी आउने उच्च सम्भावना छ । तसर्थ भारतीय सीमा आसपासका होचा स्थानमा रहेका बासिन्दाले सतर्कता अपनाउन आवश्यक रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  

यसबाहेक समग्रमा आजदेखि तीन दिन अर्थात् सोमबारसम्म कहाँ कहाँ कस्तो बाढीको सम्भावना छ, महाशाखाको यो सूचना हेरौं :

प्रकाशित: २७ असार २०७७ ०६:३७ शनिबार

वर्षा बाढीपहिरो