समाज

‘खत्र्याङ खुत्रुङ’ अत्तरिया

अत्तरिया चोकको सडकको अवस्था। तस्बिर: पुष्पराज जोशी/नागरिक

मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडकको एकतर्फी बाटो कालोपत्रे भइसकेको छ। धनगढी चौराहदेखि सुदूरपश्चिमप्रदेश सरकारले तोकेको प्रदेशको राजधानीअत्तरिया पुग्नअहिले केही बेर लाग्दैन। चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्छ, तब आइपुग्छ ‘खत्र्याङ खुत्रुङ’ सडक। चोकमै पुग्दा लाग्छकुनै दुर्गम ग्रामीण क्षेत्रको ग्राभेल सडकमा सवारी सधान गुडिरहेको छ। यस्तै पूर्व–पश्चिम राजमार्गबाट अत्तरियास्थित ट्राफिक पोस्ट नजिक पुग्दा गज्जबकै सडक निर्माण भएको भान हुन्छ। ट्राफिक पोस्टदेखि चोक नजिकसम्म आरसिसी ढलान गरी चाक्लो सडक बनाइएको छ। तर, आरसिसी सकिने बित्तिकै पुनःउस्तै ‘खत्र्याङ खुत्रुङ’ सडक।  

अत्तरिया चोक अर्थात् सुदूरपश्चिमप्रदेशका सात पहाडी जिल्ला तथा कैलाली सदरमुकाम धनगढी र कञ्चनपुर सदरमुकाम महेन्द्रनगर जाने प्रमुख प्रवेशद्वार हो। प्रवेशद्वारकै सडकको अवस्थानाजुक रहेकोअत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षअशोकराज देवकोटा बताउँछन्। ‘यो सडक महिनौदेखि बिग्रिएको अवस्थामा छ,’उनले भने,‘अहिलेसम्म कसैले पनिबनाउने प्रयास गरेको छैन।’ खाल्डाखुल्डी परेको ठाउँमा टाल्न नसकेपनि ग्राभेल हालेर खाडल पुरिदिन पटक पटक स्थानीयतह र सडक डिभिजन कार्यालयलाई आग्रहगर्दा पनि कसैले नसुनिदिएको स्थानीय गुनासो गर्छन्। ‘अगाडि पछाडि राम्रो सडक छ, अत्तरिया चोकैमुनि खाल्डाखुल्डी छन्,’अर्का स्थानीय विपिनकुमार साउँद भन्छन्,‘चोकमापुग्ने जो कोहीअत्तरियाको सडकको अवस्था देख्दा चिन्तित हुन्छन्।’ अगाडि पछाडिको चिप्लो सडक देखेर सवारी हुइँक्याउँदै आउनेहरु चोकमा पुगेपछि ब्रेक हान्दा दुर्घटना हुने भय बढेको बताउँदै उनले भने,‘खाल्डाखुल्डीले दैनिक दुर्घटना बढिरहेका छन्।’ सामान्य वर्षा हुँदापनिअत्तरिया चोकका खाल्डाखुल्डी भरिएर जलमग्नहुने गरेको उनले बताए। ‘सडकमा परेका खाल्डाखुल्डीमा पानी जमेको हुन्छ, त्यसमैमा रफ्तारमा सवारी गुडाउँदा दुर्घटनाको भयउत्तिकै छ भने पैदलयात्रुलाई पानी छ्याप्ने समस्यापनि उस्तै छ।’ सडकको भयले पूर्वी दक्षिण लाइनमाग्राहक हिँडडुल गर्नै छाडेको उनी बताउँछन्। ‘खाल्डाखुल्डीकै कारण पैदलयात्रुसमेत अफ साइड हिँड्न थालेका छन्,’ उनले भने,‘अफसाइड हिँड्दा दुर्घटनाको भयपनिउत्तिकै हुन्छ।’  

अत्तरिया चोकमा खाल्डाखुल्डी भएकाकारण पूर्वी लाइनमाजानै छोडेको बताउँदै अर्का स्थानीय योगेन्द्र रावलले भने,‘पूर्वी–दक्षिण चोकमामोटरसाइकल लैजाँदा ‘खत्र्याङ खुत्रुङ’ सडकमा दुर्घटनाको त्रासले जानै छोडेको छु।’कामै परेपनिबाइपासको सडकबाट ओहोर दोहोर गर्ने गरेको उनले बताए। प्रदेशको राजधानीतोकिएको अत्तरिया मुख्यचोकको सडक व्यवस्थितबनाउनु पर्ने उनले बताए। ‘कमसेकमप्रदेशको राजधानीतोकिएको सहरको सडकको अवस्थाप्रदेश सरकारले राम्रो बनाइदिनुपथ्र्यो,’उनले भने। प्रदेशको मुख्यप्रवेशद्वार नै थोत्रो देखिएपछि त्यसले समग्र सुदूरपश्चिमको अवस्था देखाउने भएकाले यसलाई राम्रो बनाउनुपर्ने उनले सुझावदिए।  

महिनौदेखि भत्किएको सडकलाई आउँदो आर्थिक वर्षमापुनर्निर्माण गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचनाअधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनले भने,‘अत्तरिया चोकको सडक टुटफुट भएको छ, त्यसलाई आगामीआवको बजेटमा समेटिएको छ।’ अत्तरिया चोकमा परेका खाडललाई टेन्डर आह्वान गरेरै पूर्व–पश्चिम र उत्तरी सडकलाई चार लेनको बनाइने उनले बताए। ‘त्यसकालागि साउनपछि ठेक्काआह्वान गर्छौं,’ उनले भने।

प्रकाशित: २५ असार २०७७ ०६:१६ बिहीबार

सडक अत्तरिया चोक