समाज

‘यी जिल्लाका जमिन धेरै गलेका छन्, बाढीपहिराेकाे जाेखिम छ’

गाढा नीलो रङले जमिन धेरै भिजेको संकेत गर्छ । तस्बिर : बाढी पूर्वानुमान महाशाखाको ट्विटरबाट

लगातार वर्षाका कारण केही जिल्लाका जमिन धेरै भिजेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  

त्यस्ता स्थानमा मध्यम वर्षा हुँदा पनि बाढी, डुबान हुने तथा पहिरो जाने जोखिम हुने भएकाले स्थानीय बासिन्दालाई होसियार रहन महाशाखाले अनुरोध गरेको छ ।  

आफ्नो ट्विटरमार्फत महाशाखाले जमिन भिजेका स्थानको चित्रसमेत देखाएर जानकारी दिएको हो। महाशाखाको सूचनाअनुसार  कञ्चनपुर, डोटी, डडेलधुरा, नवलपरासी, गुल्मी, अर्घाखाँची आसपास जमिन भिजेका छन्।  

सूचनामा भनिएको छ– ‘मध्यम (ठूलो होइन) वर्षा हुँदासमेत उक्त स्थानमा जमिनले कम पानी सोस्ने र आकस्मिक बहाव हुने सम्भावना रहन्छ।भिजेको जमिन आसपास पहिरोको जोखिम रहन्छ।’

बाढी पूर्वानुमान महाशाखाले बुधबार आफ्नो ट्विटरमा राखेकाे सूचना जस्ताकाे तस्तै:

संलग्न चित्रको गाढा नीलो रंगले जमिन धेरै भिजेको (Saturated) र उक्त स्थानमा मध्ययम बर्षा हुँदा समेत उक्त स्थानमा जमिनले कम पानी सोस्ने र आकस्मिक बहाव हुने संभावना रहन्छ।भिजेको जमिन आसपास पहिरोको जोखिम रहन्छ #कञ्चनपुर,डोटी,डडेलधुरा,नवलपरासी,गुल्मी, अर्घाखाँची आसपास जमिन भिजेको छ।

प्रकाशित: २४ असार २०७७ ०८:२४ बुधबार