समाज

२०४ संक्रमित थपिँदा ६८८ जना डिस्चार्ज

कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् भने ६ सय ८८ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ जनामा संक्रमण पुष्टि भएको छ भने  ६ सय ८८ जना डिस्चार्ज भएका बताएका छन् ।  

योसंगै संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या सात हजार चार सय ९९ जना छन् । योे ४६.४ प्रतिशत संक्रमितहरू स्वास्थ्य लाभ गरेर घर फर्केका गौतमले बताएका छन्।

प्रकाशित: २३ असार २०७७ १०:५१ मंगलबार

कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज