समाज

हेलिप्याड निर्माणको काम तीव्र

रुकुम(पूर्व)मा दुई हेलिप्याड निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । जिल्ला सदरमुकामसमेत रहेको सिस्ने गाउँपालिका–५ रुकुमकोट र भूमे गाउँपालिका–६ महतमा हेलिप्याड निर्माणको काम चलिरहेको छ ।      

प्रदेश नं ५, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन कोषमा पठाएको  २० लाखले दुई ठाउँमा हेलिप्याड निर्माणको काम चलिरहेको छ । रुकुमकोटमा  १३ लाख र महतमा  ७ लाख बजेटमा काम भइरहेको सिस्नेका इन्जिनियर कर्ण केसीले जानकारी दिए । जिल्ला सदरमुकाममा रातमा पनि अवतरण गर्न सक्ने मध्यम खालको तथा महतमा त्यसभन्दा अलि सानो हेलिप्याड निर्माण भइरहेको बताइएको छ ।      

अहिलेसम्म दुवै ठाउँमा ४० प्रतिशत काम सकिएको इञ्जिनीयर केसीले बताए । उपभोक्ता समितिमार्फत यही असार मसान्तभित्रै हेलिप्याड निर्माण भएसँगै आकस्मिक उद्धार गर्नुपर्ने एवं जटिल प्रकारका बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न सहज हुने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।

प्रकाशित: २३ असार २०७७ ०६:५८ मंगलबार

हेलिप्याड निर्माण