समाज

गाँजा फँडानी

‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर र सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा शनिबार भक्तपुरमा सार्वजनिक स्थानमा रहेका गाँंजा फडानी गरिएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.४ सुन्दरबस्तिदेखि दक्षिणबाराहीसम्मको एरियामा प्राकृतिक रुपमा उम्रिएका गाँंजा नष्ट गरिएका हुन् । 

शंखधर टोल सुधार समितिको सहकार्यमा महानगरीय प्रहरी बृत ठिमी भक्तपुरले स्थानीयहरुको सहयोगमा गाँंजा फडानी गरेको हो । कार्यक्रममा प्रहरी स्थानीय गरेर करिव ५० जनाको उपस्थिति रहेको थियो । अन्दाजी दुई हजार बोट गाँजा फँडानी गरी नष्ट गरिएको जनाइएको छ ।

प्रकाशित: २० असार २०७७ १५:१८ शनिबार

गाँजा फँडानी