समाज

आज धेरै ठाउँमा वर्षा र बाढीपहिराेको सम्भावना

फाइल तस्बिर

आज शनिबार पनि देशैभर मेघगर्जनसहित झरी पर्ने तथा केही स्थानमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको  सम्भावना छ।

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनिएको छः वर्षा हुने ती प्रदेशमा नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। 

हेराैँ, महाशाखाले शनिबार बिहान प्रकाशन गरेकाे तीन दिनसम्मकाे माैसमी अनुमान : 

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि शनिबार बिहान तीन दिनसम्मकाे बाढीकाे सम्भावनाबारे बुलेटिन प्रकाशन गरेकाे छ। बुलेटिनमा भनिएकाे छ- आज तिनाउ, वाणगंगा, पश्चिम राप्ती, बबईका सहायक नदी, प्रदेश ५का नदीमा बहाव बढ्ने, केहीमा सतर्कतासम्म पुग्न सक्ने, असार २६ गते देशैभरका ठूला, मझौला र साना नदीमा ठूलाे बाढीको जोखिम, पूर्वतयारीमा जुटौ।

प्रकाशित: २० असार २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App