समाज

गोरखामा कतारबाट फर्किएका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

गोरखा अस्पतालमा उपचाररत एक पुरुषको कोभिड –१९ (कोरोना) संक्रमणका कारण मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षिय पुरुषको आज बिहान करिब ५ बजे मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटण्डेन्ट डाक्टर नबिन थापाले बताए। उनी मधुमेहको दिर्घरोगी रहेको अस्पतालले जनाएको छ।  

मृतक पुरुष असार १६ गते कतारबाट नेपाल फर्किएर १७ गतेदेखि पालुङटारस्थित जिवनज्योती माविको क्वारेन्टिनमा बसेका  थिए। शुक्रवार राती करिब १० बजे उनलाई कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो। उनी क्वारेन्टिनमा बसेकाले अन्य ब्यक्तीमा उनीबाट संक्रमण नफैलिएको हुँदा नआत्तिन र सचेत हुन पालुङटार नगरपालिकाले अनुरोध गरेको छ।  

 

 

प्रकाशित: २० असार २०७७ ०२:४६ शनिबार

कोरोना भाइरस कोरोना संक्रमण