समाज

चटयाङ लागेर बारामा चारको मृत्यु, नौ घाइते

बर्षासँगै परेको चटयाङले गर्दा बारामा बिहीबार विहानै चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। चटयाङ लागेर कलैया उपमहानगरपालिका १२ र फेटा गाउँपालिका १ का गरी खेतमा धान रोपाई गरिरहेका चार जना मृत्यु भएको हो भने नौ जना घाइते भएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले चटयाङ लागेर कलैया उपमहानगरपालिका १२ का आशा देबि महतो , हलिमा खातुनको मृत्यु भएको र   मरियम खातुन घाइते भएको बताएका छन्।

त्यसै गरी चटयाङ लागेर  फेटा गाउँपालिका  १ बस्ने सेन्धु देबि महतो, सुनपती देबि महतो गरी दुई जनाको मृत्यु भएको  छ भने उनीहरुसँगै धान रोपाई गरीरहेका बजवा देबी , राजपति देबी , कान्ति देवी, हुमा देवी , लिलावती देवी, सोशिता देवी र सिला देवी गरी  सात जना समेत घाइते भएको मिश्रले बताए।

चटयाङ लागेर सुवर्ण गाउँपलिका १का सिमा देवी मुखिया समेत घाइते भएको उनले बताए। कलैया १२ का मृत्यकको पोष्टमार्टम गर्न र घाइतेको उपचार गर्न कलैया अस्पतालमा ल्याइएको छ भने फेटा १ का मृत्यक पोष्मार्टम गर्न र घाइते सात जनालाई उपचार गर्न वीरगन्जको नारायणी अस्पतालमा पठाउने काम भैरहेको नायब उपरीक्षक मिश्रले बताए।

प्रकाशित: १८ असार २०७७ ०५:१६ बिहीबार

चटयाङ