समाज

वडाध्यक्षमाथि आक्रमणको आरोपमा पक्राउ

दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई मङ्गलबार राति  शान्तिनगर २ बाट  पक्राउ गरिएको हो। 

उनीहरुको नाम र  ठेगाना भने सार्वजनिक गरिएको छैन। मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ।  डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: १७ असार २०७७ ०८:१६ बुधबार

पक्राउ नेत्रविक्रम चन्द समूह