समाज

आजदेखि पूर्वी हावा चल्ने, सलहले दिशा परिवर्तन गर्ने सम्भावना

फाइल तस्बिर : सलह

नेपालमा केही दिनदेखि पश्चिमी वायु चलिरहेकामा आज (बुधबार) देखि पूर्वी वायु वहन सुरु भएको मौसमविद्ले बताएका छन्।  

बुधबार ‘सलह मौसम बुलेटिन’ जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले लेखेको छ– यही मिति २०७७।३।१३ गते शनिबारका दिनदेखि नेपालका केही जिल्लामा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमन र वृद्धिमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने  भएकाले यो बुलेटिन जारी गरिएको छ।

बुलेटिनअनुसार नेपालमा विगत ३-४ दिनदेखि मनसुनको अरेबियन शाखाबाट वहने पश्चिमी-दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकामा हाल सतहमा पूर्वी-दक्षिण पूर्वी वायुको प्रभाव छ। यो क्रम कम्तीमा आगामी तीन दिनसम्म जारी रहने महाशाखाले जनाएको छ। 

कृषि विज्ञका अनुसार फट्याङ्ग्रा जातको सलह कीरा जुन दिशातर्फ हावा वहन्छ उतैतर्फ उड्ने गर्छन्। यस आधारमा अबका तीन दिन सलह हावासँगै पूर्वबाट पश्चिम फैलिने देखिन्छ।  

हेरौं महाशाखाले जारी गरेको तीन दिनसम्मको हावाको दिशा र वर्षाको सम्भावित अवस्था

असार १७ गते (बुधबार)

हावाको दिशा (औसत) देशभरि पूर्वी/दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ।

वर्षाः केही स्थानमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असार १८ गते (बिहीबार)

हावाको दिशा (औसत): देशभरि पूर्वीरदक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ।

वर्षाः केही स्थानमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षा सम्भावना छ।

 असार १९ गते (शुक्रबार)

हावाको दिशा (औसत): देशभरि पूर्वीरदक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ।

वर्षाः धेरै स्थानमा मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

यो पनि पढ्नुहोस्

विज्ञ भन्छन्, सलह पहाड उक्लन सक्छ

प्रकाशित: १७ असार २०७७ ०७:४५ बुधबार

सलह किरा पूर्वी हावा चल्ने दिशा परिवर्तन