समाज

क्यान्सर अस्पतालका कर्मचारीद्वारा विशेष भत्ता नलिने

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले जेठ महिनादेखिको विशेष भत्ता नलिने स्वघोषणा गरेका छन् । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याण संघका अध्यक्ष शिवराम धुख्वाले कर्मचारीहरुकोतर्फबाट विज्ञप्ति प्रकाशित गरी लकडाउनको यो विशेष संकटमा विशेष भत्ता नलिने स्वघोषणा सार्वजनिक गरेका हुन् । अस्पताल सञ्चालक संस्थासँंग जेठ महिनालाई विशेष भत्ता दिनलाई रकम नभएकोले संस्थाको आर्थिक स्थिति राम्रो भएपछि मात्रै विशेष भताले जनाएको छ । जारी विज्ञप्तिमा कर्मचारीहले जेठ महिनाको तलब र अन्य सुविधा प्राप्त गरेको जनाएको छ ।  

साथै चिकितसक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको आग्रहमा भक्तपुर नगरपालिकाद्धारा गठित व्यवस्थापन समितिले प्राडा श्रृषिकेशनारायण श्रेष्ठलाई २०७६ भदौ १ गतेदेखि लागू हुने गरी तीन वर्षको लागि नयाँं मेडिकल डाइरेक्टरको नियुक्ति दिएको र उनले मेडिकल डाइरेक्टरले पाउने भत्ताहरु नलिई अस्पतालको सम्पूर्ण चिकित्सकीय सेवाहरु प्रदान गरिरहेको जनाएको छ । विज्ञप्तिमा सात वटा समसामयिक विषयमा धारणा प्रकाशित गरी पत्रपत्रिकाले अस्पतालको विषयमा झूठा समाचार प्रकाशित गरेकोप्रति दुःख व्यक्त गरेको छ । 

प्रकाशित: १५ असार २०७७ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App