समाज

मदन भण्डारीको ६९औं जन्मजयन्तीमा अस्पतालका बिरामीलाई फलफूल वितरण

जननेता स्वर्गीय मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेसन ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । ताप्लेजुङ अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको मदन भण्डारी फाउण्डेसन १ नं प्रदेश सदस्य मणिशंकर पोमूले जानकारी दिए ।  

फलफूल वितरण कार्यक्रमलाई संक्षित सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले जननेता भण्डारीको आर्दश र नेपाली समाजको उत्थानका विषयका प्रकाश पारेका थिए । कार्यक्रममा नेकपा ताप्लेजुङका कार्यालय सदस्यद्धय मातृकाप्रसाद भट्टराई र सन्तोष खतिवडा,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,तत्कालिन जिल्ला विकास समितिका पूर्व उपसभापति रामप्रसाद सुबेदी,नेकपा जिल्ला कमिटीका नेता तथा भातृ संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित: १४ असार २०७७ १५:४१ आइतबार

बिरामी भण्डारीको ६९औं जन्मजयन्ती