समाज

वीरगञ्जमा कोरोना मुक्त भएर २१ जना डिस्चार्ज

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकबाट आइतबार पर्साका २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा पर्साका छ वटा बेग्लाबेग्लदै पालिकाका १८ जना पुरुष र ३ जना महिला रहेका छन। पछिल्लो दुई पटकको पिसिआर जाँचमा लागातार रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताए।  

डिस्चार्ज हुनेहरु विन्ध्यवासिनी गाउँपालिकका नौं जना पुरुष र एक जना महिला गरी १० जना रहेका छन्। त्यसतै पोखरीया नगरपालिकाका चार जना पुरुष र एक महिला गरी ५ जना, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिकाका एक एक जना पुरुष, र्सागढि गाउँपालिका कि १ जना महिला र पटेर्वासुगौली गाउँपालिका २ जना पुरुष रहेका छन्।  

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार ती सबै २० देखी ५६ वर्ष उमेर समूहका १८ पुरुष र ३१, ३२ र ३६ बर्षीय ३ महिला रहेका छन्। आइतवार बिहान अस्पतालले उनीहरुलाई हातमा डिस्चार्ज पुर्जी र फुल दिएर बिदा गरेको थियो। डिस्चार्ज भएकाहरु संक्रमित पुष्टि भएपछि स्थानीय तहबाट संचालित क्वारेन्टाइनहरुबाट अस्पताल ल्याइएका थिए।  

 

 

प्रकाशित: १४ असार २०७७ १२:३९ आइतबार

कोरोनाभाइरस कोरोना सङ्क्रमण