विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ। हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ। यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ।
यस अलावा १२० वटा शव अझै विदेशमै रहेका छन्। जसलाई नेपाल ल्याउन गैरआवासीय नेपाली संघले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको छ ।
प्रकाशित: १४ असार २०७७ ०८:३३ आइतबार