समाज

नगरको पर्यटकीय विकासका लागि बुढ्ढी तालमा डुंगा संचालन

नगर क्षेत्रको पर्पटकीय विकासका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ४ स्थित बुढ्ढी तालमा डुंगा संचालन गरिएको छ । बुढ्ढी ताल नगरको सबै भन्दा ठुलो ताल हो । पर्यटकलाई आकर्षित गर्न तालमा डुंगा संचालन गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले रिबन काटेर डुंगामा चढेर शुभारम्भ गरे । सो अवसरमा मेयर श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकासमा यसले मद्दत गर्ने बताए । तालमा नगरपालिकाले माछापादनको ठेक्काबाट लाखौ रुपैया आम्दानी गर्दै आएको छ ।

डुंगामा चढेर माछा, चराहरूको अवलोकन गरी मनोरंजन लिन सक्ने श्रेष्ठले बताए । ताललाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले डुङगा उद्घाटन गरिएको वडाध्यक्ष पवन कुमार चौधरीले बताए । ताल नजिकै थारु संग्रहालयको निर्माण कार्य भईरहेको र सोही संग्रहालयको अवलोकनका निम्ति पनि डुङगाले महत्वपुर्ण भुमिका खेल्ने वडाध्यक्ष चौधरीले बताए । वडा काार्यलको आठ लाख बजेटबाट डुंगा संचालन गरिएको हो । तालको किना।मा गोल घर भवन निर्माण कार्य भईरहेको छ ।

प्रकाशित: १३ असार २०७७ १३:१५ शनिबार

डुंगा संचालन बुढ्ढी ताल