समाज

शव व्यवस्थापनमा खटिएकामा नेपाली सेनाका दुई जनामा कोरोना सङक्रमण

पाल्पामा ४ सय ४६ सङक्रमित

जेठ २० गते पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार उनको शव व्यवस्थापन गरियो। उनको मृत्यको २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गर्यो। सोही शव व्यवस्थापन गरेका दुई जना व्यक्तिमा कोरोना सङक्रमण पुष्टि भएको छ। शुक्रबार उनीहरुको कोभिड १९ पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्तिमा सङक्रमण भएको बताए। ‘कोभिड १९, पोजेटिभ देखिने ३३ र ३४ वर्षका व्यक्ति हुन्। सुरक्षित रुपमै शव व्यवस्थापन भैरहेको थियो।

सोही समयमा पानी अत्यन्त परि राखेको थियो। शव व्यवस्थापनकै क्रममा ¥याल चुहिएको हुनसक्छ। सूचना अधिकारी पन्थी भन्छन्, ‘स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर पठाएको थियो। शव व्यवस्थापन देखि नै उहाँहरुलाई आइशोलेशनमा राखिएको छ। समुदाय सुरक्षित छ, चिन्ता गर्नुपर्दैन।’  

गोरखदल दलका मेजर मनोज डंगोलले शव व्यवस्जथापनमा खटिएको टोलीका दुई जनामा सङक्रमण देखिएको बताए। उनी भन्छन्, ‘सङक्रमण देखिएकालाई शव व्यवस्थापनमा खटिएको दिनदेखी नै आईसोलेसनमा राखिएको छ। हामी युनाईटेड मिशन अस्पतालका विशेषज्ञ डाक्टरकै निगरानीमा शव व्यवस्थापन गरेका हौं।’ उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेजर डंगोलले बताए।

यससँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४६ पुगेको छ। शुक्रबार थपिएका मध्ये ७२ जना पुरुष र ५ जना महिला छन्। पाल्पा जिल्लाको दश स्थानीय तहमै कोरोना सङ्क्रमणका बिरामी भेटिएका छन्। संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्। आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रकाशित: १३ असार २०७७ ०७:०० शनिबार

कोरोना सङक्रमण