समाज

रोकेको ट्रकमा पिकअप ठोक्किदा दुईको मृत्यु

रोकीराखेको ट्रकका पिकअप भ्यान ठोक्किदा बुटवलमा  दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।  रोकी राखेको ट्रकमा पिकअप  भ्यान ठोक्किदा सियारी ६ अमुवाका रोशन गुरुङ  र बुटवल ११ कालिकानगरका सुशील कुँवरको मृत्यु भएको हो।  

पूर्व पश्चिम राजमार्गको रामनगरमा सडक छेउमा रोकी राखेको ना ६ ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति ठोक्किएको हो। गुरुङको घटना स्थलमै र कुवँरको उपचारका क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा  मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित: १३ असार २०७७ ०५:३७ शनिबार

दुर्घटना