समाज

लगाइराखेको सुन चुँडालेर भाग्ने दुई जना पक्राउ

भक्तपुरको उतरी क्षेत्रमा रहेको त्रिसुलडाँंडामा एकजना महिलाले कानमा लगाइराखेको सुन चुँडालेर लुटी भाग्ने दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका तेलकोट त्रिसुलडाँडामा रहेकी महिलाको कानबाट सुन चुँडालेर भाग्ने ती दुई जनालाई प्रहरीले लखेटेर पक्राउ गरेको जनाइएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले लुटको खबर प्राप्त लगतै प्रहरी परिचालन गरी उनीहरूलाई साँखु प्रहरीले पक्राउ गरेको जनाइन् । उनीहरूलाई अहिले परिसरको कार्यालय भक्तपुर ल्याउँंदै गरेको उनले जनाइन् । परिसरसका डीएपी दीपक गिरीले उनीहरूको नाम अहिलेसम्म नखुलेको जनाए । पर्यटकीय आकर्षणको क्षेत्र त्रिसुलडाँंडा क्षेत्र जंगलै जंगलले भरिएको छ । यो ठाउँं सुनसान पनि छ ।

प्रकाशित: १२ असार २०७७ १३:१२ शुक्रबार

प्रहरी पक्राउ