समाज

थप ५ सय ९३ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५ सय ९३ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४८६ जना पुरुष र १०७ महिला रहेका छन्। अहिलेसम्म ११ हजार ७ सय ५५ जना कोरोनाबाट संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना मुक्त भएर घर फर्कनेको संख्या २ हजार ६ सय ९८ रहेको छ।

देशभर क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन्। आइसोलेसनमा ९ हजार ३० जना रहेका छन्। अहिलेसम्म मृत्यु हुनेको संख्या २७ पुगेको छ।  

 

प्रकाशित: १२ असार २०७७ १०:४७ शुक्रबार

कोरोनाभाइरस