समाज

बृन्दावनका उपप्रमुख खातुनद्वारा नगरसभा बहिष्कार

रौतहटको बृन्दावन नगरपालिकाका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गरेकी छिन्। प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गरेकी हुँन्।

 उपप्रमुख खातुनले गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र बुधबार जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको बताए। नदीजन्य सामग्री बेचेर छ करोड रुपैयाँ र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ। लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उनले उपप्रमुखको अनुगमन बिनानै सबै योजनाको भुक्तानी भइरहेको बताइन्।

 प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै उच्च अदालतमा जाने उपप्रमुख खातुनले चतावनी दिए। उनले बुधबार भएको एकपक्षीय नगरसभा बदर गरी हिसाब फछ्र्र्योटपश्चात नगरसभा गर्न माग गरेका छन्। उता प्रमुख यादवले उपप्रमुखले सहमतिमा नगरसभामा भएको बताइन्।

प्रकाशित: ११ असार २०७७ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App