समाज

त्रिपालले छोपेर १० यात्रु काठमाडौं लैजान खोज्ने चालक पक्राउ

त्रिपालले छोपेर १० जना यात्रु काठमाडौं लैजाने क्रममा जिल्ला प्रहरी कार्यालयले सेलेघाट नाकाबाट चालकलाई प्रक्राउ गरेको छ । गाडी नम्बर लेखाउने क्रममा प्रहरीले शंका लागेर त्रिपाल उठाएर हेर्दा दस जना यात्रूलाई सुताएर काठमाडौ लैजान लागेको फेला पारेपछि चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए । ढुवानी सामाग्री रामेछापमा पुर्याएर फर्कने क्रममा बा २१ च ४२८४ नम्बरको बोलेरो गाडीमा चालक गोविन्द उप्रेतीले १० जना यात्रुलाई त्रिपालले सुताए लगिएको थियो । 

प्रकाशित: १० असार २०७७ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App