समाज

भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा

भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा परेको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रास्थलको छेउमा रहेको घाट क्षेत्र बेवास्तामा परेका कारण सबैतिर घाँंसे मैदान जस्तै बनेको छ । खोला छेउ रहेको जग्गा क्षेत्र र त्यस आसपासमा रहेका मठमन्दिर, भजनघर सबै घाँसले छोपिएका छन् । मठमन्दिरहरु भत्केका अवस्थामा छन् । धेरै ढुंगाका देवताहरु हराइसकेका छन् ।  

स्थानीय पुन्यराम सुवालले चुपिंघाटमा अवस्थित गोङ्ग सुव्वाले स्थापना गरिएको शिवालयमा भएको महादेव, नारायण र श्रीकृष्ण मन्दिर तथा अन्य विभिन्न मन्दिरहरु भत्किएको वर्षाै भए पनि कसैले पनि वास्ता नगरेको जनाए । श्रीकृष्ण मन्दिरलाई स्थानीय महानुभावहरुले नारायण लिविको संयोजकत्वमा कृष्ण शाख, गोविन्द धौभडेल र पुरुषोतम जोशी तथा अन्य महानुभाव

हरु मिलेर २०५८ सालदेखि सत्संघ भजन गर्दै आएको जानकारी गराए । यहाँं भजन गर्न भक्तपुरभरिबाट दैनिक बुढाबढीहरु विहान र बेलुकी आउने गरेको उनले जनाए । तर यसको अवस्था नाजुक हुँंदा असाध्यै समस्यामा परेको उनले सुनाए । उनका अुनसार विशेष गरेर खोला छेउमा भएको एकतल्ले भजन घरलाई जहिले पनि बर्खामा बाढी आयो कि डुवाउन गर्दछ । यसले गर्दा भजन घरमा भएका सबै हार्माेनियम, मादल, तवलालगायतका वाद्यवादनहरु भिजेर विग्रने गरेको छ ।  

अर्का रघुनाथ हाडाले यहाँंको भजनलाई निरन्तरता दिन जीर्ण रहेको भजन घरलाई मर्मत गर्न आवश्यक रहेको बताए । साथै कच्ची रुपमा भए पनि अर्काे एक तल्ला थप्न सकिए बाद्यवादनका सामानहरु बाढीले भिजेर पटकपटक विग्रने अवस्था नआउने बताए । त्यहाँं हेरचाहरत सुनमाया खाइतुले जीर्ण अवस्थामा रहेको भजन घरलाई मर्मत सुधार गर्न पटकपटक दाताहरुलाई अनुरोध गरी पठाएको जानकारी गराए ।  

कला संस्कृति भजन महागुथिका संस्थापक डा इन्दुल केसीका अनुसार ऐतिहासिक यस ठाउँमा दैनिक भजन गाउनुका साथै बर्षैपिच्छे कृष्ण जन्माष्टमी, महाविशरात्री, साउन महिनामा राधाकृष्णका झुला तथा अन्य महत्वपूर्ण पर्वहरुमा विशेष भजन कीर्तन र पूजा हुँदै आएको छ । ऐतिहासिक यो ठाउँंलाई सुन्दर बनाउन सेके यो पनि एउटा पर्यटकीय आकर्षणको सम्भावित केन्द्र हुनसक्ने उनको बुझाई रहेको छ ।  

चुपिंघाटको यही बाटो भएर प्रत्येक वर्ष वैशाख १ गते विस्केजा जात्राको क्रममा हनुमन्ते खोलामा ठूलो मेलाल लाग्ने गर्दछ । तर उक्त बाटो अहिले जानै नहुने गरी झारपातले भरिएका छन् ।

प्रकाशित: ९ असार २०७७ ११:३१ मंगलबार

भक्तपुर ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्ता