महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधन लकडाउनको समयमा खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्म लगाएको महाशाखाले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धीत धनिलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जिम्मा लगाउनु भएको हो ।
महाशाखाका प्रमुख भिम ढकालले भने, ‘पार्किङ स्थल, समारोह, अस्पताल लगायत एकान्त ठाउँको पार्किङ स्थल, घरको कम्पाउड तथा गेट बाहिर, लामो समय सम्म पार्किङ गरिने स्थानहरूमा राखिएको मोटरसाईकल बढी चोरी हुन्छन्।’
चोरी हुनबाट बचाउँन लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउन्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न ढकालले सुझाव दिए ।
महाशाखाले यस आव ०७६/०७७ मा मात्रै चोरी भएका ३०८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३६ जना व्यक्तीलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।
प्रकाशित: ९ असार २०७७ १०:२८ मंगलबार