समाज

पिसिआर नेगेटिभ आएका युवाको मृत्यु

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि १५ दिन क्वारेन्टिन बसाईँ पूरा गरी घर फर्केका बलेफी गाउँपालिका–४ का २८ वर्षीय युवाको आइतबार मृत्यु भएको छ । स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारका लागि खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल लैजाँदै गर्दा बाटामै उनको ज्यान गएको हो । 

अस्पतालका डा. राजकुमार दङ्गालले अस्पताल ल्याइ पुर्‍याउँदा उनको मृत्यु भइसकेको जानकारी दिए । ‘बाटोमै मृत्यु भइसकेको हुनुपर्छ । मृत्युको कारण भने थाहा पाउँन सकिएन,’ उनले नागरिकसँग भने । परिवारलाई उदृत गर्दै डा. दङ्गालले दिएको जानकारीअनुसार युवामा कोरोनासँग मिल्दो कुनै लक्षण देखिएको थिएन ।

गएको जेठ २४ गते भारतबाट फर्केका युवा सुनकोसी गाउँपालिकास्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका थिए । ३० गते स्वाब संकलन गरिएका उनको ३२ गते पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको थ्रोट स्वाब परीक्षण गरिएको थियो । क्वारेन्टिन बसाईँ असार ६ गते १५ दिन पूरा भएपछि उनी घर फर्केका थिए ।  

बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले कोरोना संक्रमणले नभएर अन्य कारण युवाको मृत्यु भएको हुन सक्ने बताए । उनले परिवारका सदस्यसँग निराशाका कुरा गर्दै आएकाले शव परीक्षण (पोष्टमार्टम) भने गरिने चापागाईँले जनाए । 

प्रकाशित: ८ असार २०७७ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App