समाज

परीक्षण हुन बाँकी नमुना निजी प्रयोगशालालाई दिइने

प्रयोगशालाहरुमा जम्मा  भएका नमुनाहरु सरकारले अव निजी प्रयोगशालालाई दिने भएको छ। हाल सरकारी स्तरमा रहेका प्रयोगशालाको क्षमताले सवै नमुनाको परिक्षण समयमै गर्न नसकेपछि सरकारले निजी प्रयोगशाललाई दिने तयारी  गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

कोरोना परीक्षण मापदण्ड अनुसार संकलन भएका नमुना सरकारले निजी प्रयोगशालालाई दिइनेछ। यस्ता नमूना परीक्षण गरेबापत ति प्रयोगशालालाई प्रति नमूनाको दरले ५५ सय सरकारले निजी प्रयोगशालालाई तिर्ने गरी परीक्षण गर्ने भएको हो। ‘निजी प्रयोगशालालाई परीक्षण गर्न दिनको लागि मन्त्रालयले निजी प्रयोगशाला र अस्पतालको लागि पिसिआर परीक्षण अनुमति निर्देशिका २०७७ जारी भएका छ ’ मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले सोमवार नागरिकसित भने ।  

देशका बिभिन्न स्थानका क्वारेनटाइनवाट संकलन भएका नमूनाहरु समयमै परीक्षण हुन नसकेको हजारौं नमुना समयमै परीक्षण हुन नसकेको जनाइएको छ।

 

प्रकाशित: ८ असार २०७७ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App