समाज

पर्यटनमन्त्री सहभागी 'जुम मिटिङ'मा अश्लील भिडियो प्ले भएपछि...

पर्यटनमन्त्री योगेश भट्टराई सहभागि भएको एक भर्चुअल कार्यक्रममा पोर्न भिडियो प्ले भएको छ। 'पर्यटन बोर्डले पर्यटन क्षेत्र व्यवसाय सञ्चालन कार्यविधि' सार्वजनिक कार्यक्रमको क्रममा प्रमुख अतिथि पर्यटनमन्त्री भट्टराई बोलिरहेको बेला करिव एक मिनेट पोर्न भिडियो प्ले भएको थियो। जुम मिटिङ मार्फत उक्त कार्यविधि सार्वजनिक गरिएको थियो। जुममा दुई सय भन्दा बढी सहभागि थिए।  

पर्यटन सचिव केदारबहादुर अधिकारी, पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मी, पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दीपक महत, पर्यटन व्यवसायी कर्ण शाक्य लगायतले भर्चुअल मन्तव्य दिएका थिए।  

जुम मिटिङमा सहभागि भएका एक जनाले उक्त भिडियो सेयर गरेका थिए। त्यसको केही क्षणमा बैठक बन्द भएको थियो।

 

 

प्रकाशित: ८ असार २०७७ ११:०४ सोमबार

पर्यटनमन्त्री