समाज

पछिल्लो २४ घण्टामा ५ सय ३५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ४६१ पुरुष र ७४ महिला रहेका छन्। जम्मा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ।

पछिल्लो पटक कोरोना मुक्त भएर ३ सय ७० जना डिस्चार्ज भएका छन्। अहिलेसम्म २ हजार १ सय ४२ जना कोरोना मुक्त भएका छन्। रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

 

 

प्रकाशित: ८ असार २०७७ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App