समाज

बाँके प्रहरीको १७ बुँदे कार्ययोजना सार्वजनिक

कार्य योजना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसी) ओमबहादुर राना। तस्बिर:अर्जुन ओली/नागरिक

जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न १७ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएर आएका एसपी ओमबहादुर रानाले सोमबार पत्रकार भेटघाट गरेर आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन्। 

प्रहरीको कार्य योजना अन्तर्गत हरेक नागरिकलाई छिटो छरितो सरल समान र नागरिक मुखी सेवा प्रवाह गर्ने, अपराधिक क्रियाकलाप उपर कानुनी कठोरता आत्मसाथ गर्दै विवेकपुर्ण प्रहार गर्ने, खुल्ला सिमा नाकाबाट हुने सिमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धान÷तहकिकातमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिने, संगठित अपराध तथा गुण्डागर्दी सिमा अपराध प्राकृतिक स्रोतको दोहन गर्ने माथी निर्मम प्रहार गर्ने रहेका छन्।  

यस्तै लागु औषध दुब्र्यसनी तथा ओसार पसार तथा कारोबार नियन्त्रण र न्युनिकरण, फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ,  सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यवस्थापन सँगै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, घरेलु हिंसा लैंगिक हिंसा महिला बालबालिका जेष्ठ नागरिक तथा असक्त ब्यक्ति उपर हुने अपराधमा कानुनी कठोरता र पीडितमैत्री वातावरणको सिर्जना, प्रहरी कर्मचारीको वृत्ती विकासको लागि अवसरको सृजना, रुची अनुसारको जिम्मेवारी र समान अवसर प्रदान गरी सांगठनिक उपलब्धि हासिल गर्ने रहेको छ।  

यसैगरी समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयनमा जोड, प्रहरी युनियनहरुको आवश्यकता अनुसार स्तरोन्नती जग्गा प्राप्ती तथा भवन निर्माण कार्यमा ठोस पहल, मानव अधिकारको संरक्षण र सम्र्वद्धन, सामाजिक धार्मिक भेगियताको विविधाको सुन्दर पक्षलाई भाईचारा कायम राखिने, राज्य विरुद्ध हुने कुनैपनि गतिविधीहरुलाई कानुन बमोजिम निर्मुल गर्ने र कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण र प्रभावकारी ब्यवस्थापन गर्ने जिल्ला प्रहरी कार्यालयको कार्य योजना छ। पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख रानाले घोषित कार्य योजनालाई कार्यान्वयन गरेरै छाड्न्े प्रतिवद्धता जनाए।

प्रकाशित: ८ असार २०७७ ०४:५९ सोमबार

बाँके प्रहरी