समाज

रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालको ७६ जिल्लामा पुगेको छ। आइतबार ओखलढुंगा जिल्लामा कोरोना पुष्टि भएसँगै कुल जिल्ला ७६ पुगेको हो। ओखलढुंगामा आइतबार ६ जनाको रिर्पोट आएकोमा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो। हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्लामा रसुवा मात्र रहेको छ।  

संक्रमण फैलिएको जिल्ला तथा अन्य देशबाट आएका व्यक्तिलाई क्वारेन्टिनमा राखेर उचित व्यवस्थापन गरिएको, भारत लगायत अन्य देशबाट कम व्यक्ति आएका र रसुवा प्रवेश गर्ने स्थान बेत्रावतीमा प्रवेशमा कडाइ गरिएकाले हालसम्म कोरोना नदेखिएको हो।  

जिल्लामा हालसम्म ३२ जनाको पिसिआर परीक्षण गरिएको छ।  परीक्षण गरिएका सबै व्यक्तिको रिर्पोट कोरोना नभएको अर्थात नेगेटिभ आएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए। 

प्रकाशित: ८ असार २०७७ ०२:४८ सोमबार

कोरोना संक्रमण