समाज

प्रदेश २ मा संक्रमितको संख्या २ हजार ८ सय २४

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुगेको छ। आइतबार दिउँसो थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या २ हजार ८ सय २४ पुगेको प्रदेश २, स्वास्थ्य निर्देशनालयका प्रवक्ता विजयकुमार झाले बताए।

झाका अनुसार आइतबार प्रदेश नम्वर २ मा ७ महिला र ७१ जना पुरुषगरी कुल ७८ जना ब्यक्तिहरुमा कोरोना भाईरस सक्रंमण पुष्टि भएको छ। जस अनुसार सप्तरी जिल्लामा २ जना पुरुष, सिराहा जिल्लामा ४ महिला र ४८ पुरुष गरी ५२ जना, महोत्तरी जिल्लामा २ जना पुरुष, धनुषा जिल्लामा १ महिला र ७ पुरुष गरी ८ जना, सर्लाही जिल्लामा १ महिला र ८ पुरुषगरी कुल ९ जना, रौतहट जिल्लामा १ जना पुरुष र बारा जिल्लामा १ महिला र ३ जना पुरुषहरु गरी कुल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित: ७ असार २०७७ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App