पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४ जना महिला र ३५७ जना पुरुष छन्। अहिलेसम्म ९ हजार २६ जना संक्रमित भएका छन्।
पछिल्लो पटक गुल्मीका एक पुरुषको मृत्यु भएको छ। उनलाई प्यारालाइसिसबाट पीडित थिए।
पछिल्लो पटक १९४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म १ हजार ७ सय ७२ जना संक्रमण मुक्त भएका छन्। ७५ जिल्लामा संक्रमण फैलिएको छ।
प्रकाशित: ७ असार २०७७ १०:४६ आइतबार