समाज

उपसहरहरूको निर्माण प्रकृया अविलम्ब रोक्न माग

नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाडौ उपत्यका विकास प्राधिकरणले काठमाडौ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा र १० हजार रोपनीको ३ वटा गरी ४ वटा उपसहरहरूको निर्माण गर्ने भनी थालेको निर्माण प्रकृया अविलम्व रोक्न माग गरिएको छ । भक्तपुर नगरपालिकाको आइतबार सुरु भएको सातौ नगरसभा उदघाटन कार्यक्रमका वक्ताहरुले त्यसको सटा उपत्यकाबाहिर स–साना सहरहरूको विकासमा ध्यान दिन नेपाल सरकारसँग आग्रह गरे ।  

उपसहर निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पारित गरी कामलाई अगाडि बढाएको अवस्थामा बक्ताहरुले घना जनसंख्याको कारण उपत्यकामा फोहरमैला व्यवस्थापन, खानेपानी, ट्राफिक जाम र वातावरण प्रदुषण जस्ता समस्याहरू दिनानुदिन बढिरहेको अवस्थामा उपत्यकामा ठूल्ठूला उपसहरहरूको विकासले उपत्यकावासीले थप समस्या भोग्नुपर्नेे निश्चित भएको बताए । 

उपत्यकामा प्राचीन कालदेखि साँस्कृतिक केन्द्रको रुपमा विकसित सहरहरू भएको हुँदा त्यसको मौलिकता बचाई उपत्यकालाई साँस्कृतिक केन्द्रकै रुपमा संरक्षण गर्नु आवश्यक रहेको उनीहरुले बताए । यसर्थ उपत्यका विकास प्राधिकराणबाट अगाडि बढाइएका उपसहरहरूको निर्माण प्रकृया अविलम्ब रोक्न उनीहरुले माग राखे ।  

संघीय साँंसद् प्रेम सुवालले उपत्यकामा थुप्रिएको जनसंख्यालाई छर्न दिन उपत्यकाबाहिर पनि उपत्यकाभित्र नभई बाहिर ससाना सहरहरुको विकास गर्नुपर्ने बताए । नगरपालिका प्रमुख सुनिल प्रजापतिले साँंचो अर्थमा विकेन्द्रकरण भनेकै उपत्यकामा मात्रै विकास नभई सबै ठाउँंको समान विकास भएको बताए ।  

 

 

प्रकाशित: ७ असार २०७७ ०७:४६ आइतबार

उपसहर निर्माण प्रकृया शहरी विकास