समाज

यस्तो देखियो सूर्यग्रहण (तस्बिरसहित)

सूर्यग्रहण सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिकाअनुसार  बिहान १०ः५० बजेदेखि खण्डग्रास सूर्यग्रहण सुरु भएको हो। यो दिउँसो दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ।  

समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने जानकारी दिए। काठमाडौंबाट मध्याह्न १२ः४ मिनेटमा सूर्य करिब ८८ प्रतिशत ढाकिएको अवस्थामा देखिनेछ।  

नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिएको छ।  नेपालको पूर्वी भेकबाट सन् १९६५ नोभेम्बर २३ तारिखको बिहान बलय सूर्यग्रहण देखिएको थियो। नेपालको दक्षिणपूर्वी भूभागबाट अर्को वलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा देखिने बताइएको छ।

प्रकाशित: ७ असार २०७७ ०५:५८ आइतबार

खण्डग्रास सूर्यग्रहण