समाज

मष्तिष्कघातका कारण दलित नेताको निधन

मष्तिष्कघातका कारण ज्यान गुमाएका नेता हिराबहादुर बिश्वकर्मा । तस्बिर : नागरिक

खोटाङका कांग्रेस नेता एबं दलित समुदायका अगुवा हिराबहादुर बिश्वकर्माको निधन भएको छ । मष्तिष्कघातका कारण कांग्रेसका पूर्व जिल्ला सदस्य एबं नेपाल दलित संघका जिल्ला अध्यक्ष बिश्वकर्माको ५८ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो । 

गत जेठ ३२ गते सामान्य टाउको दुख्न थालेपछि बिरामी परेका बिश्वकर्मालाई उपचारका लागि केएमसि अस्पताल काठमाडौं लगिए पनि स्वास्थ्यमा सुधार नआएको आफन्तले बताएका छन् । स्वास्थ्यमा सुधार नआएपछि अस्पतालबाट असार ४ गते घर ल्याइएका बिश्वकर्माको शुक्रबार राति ७ बजेर ४५ मिनेटमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित आफ्नै घरमा निधन भएको हो ।  

बिश्वकर्माको शनिबार दाहसंस्कार गरिएको बडहरेका वडाध्यक्ष एबं कांग्रेस नेता किशोर बस्नेतले बताए । दाहसंस्कार अगाडि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, कांग्रेसका नगर सभापति चक्रकुमार राई लगायतले बिश्वकर्माको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । २०१९ साल मंसिर २७ गते जन्मिएका बिश्वकर्मा नेपाल दलित संघका पूर्वकेन्द्रीय सदस्य पनि हुन् । उनका श्रीमतीसहित चार छोरी र चार छोरा छन् ।

प्रकाशित: ६ असार २०७७ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App