नेपालमा अहिलेसम्म कोरोना मुक्त भएर कुल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निको हुनेमा १ सय ४१ महिला र १ हजार ४ सय २७ पुरुष रहेका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा १८ जना महिला र १ सय ५८ जना पुरुष सहित कुल १ सय ७६ जना निको भएर घर फर्किएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ।
कुल संक्रमित व्यक्तिहरु मध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परीक्षण भएको छ। यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ।
मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन्।
अहिले सम्म कुल ७४ जिल्लामा कोभिड १९को संक्रमण फैलिएको छ।
प्रकाशित: ६ असार २०७७ ११:३७ शनिबार