समाज

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुग्यो

प्रदेश २ मा शनिवार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महोत्तरी जिल्लामा २४, सर्लाहीमा २, रौतहटमा ५ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाकी ४५ वर्षिया महिला, १८ वर्षका २ जना किशोर, ४५ वर्षिय पुरुषसहित १९ देखि ४० वर्ष उमेर समूहका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

महोत्तरीकै गौशाला नगरपालिकाका १ देखि १९ वर्ष उमेर समूहका ४ जना, १९ देखि ४४ बर्ष उमेर समूहका ११ जना पुरुष र २८ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । यस्तै सर्लाहीको चकरघट्टा गाउँपालिकमा ३० वर्षिया महिला र ३० वर्षिय पुरुष गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिकाकी १९ वर्षिया महिला र १९ देखि ५५ वर्ष उमेर समूहका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लामा सिमरौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

मन्त्रालयका अनुसार संक्रमित मध्ये ३ जना महिला र ३१ जना पुरुष रहेका छन् । यो सँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ८ सय २४ पुगको मन्त्रालयका सचिव घिमिरेले बताए । 

प्रकाशित: ६ असार २०७७ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App