समाज

खोलामा डुबेर बालिकाको मृत्यु

उदयपुरमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका ७ हाड्बासस्थित घर आएकी १३ वर्षीया नविना खड्काको स्थानीय बलान खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।  

सिराहा घर भई हाडेबासस्थित मामा गणेश अधिकारीको घरमा आएकी दुर्गाबहादुर खड्काकी छोरी नविना बुधबार दिउँसो खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। घट्नाबारे जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मृतकको लास निकालेर सर्जमिन मुचुल्का गरी टोली फर्केको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ भने घट्नाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरी भनाई छ। 

प्रकाशित: ४ असार २०७७ ०८:४७ बिहीबार