प्रदेश १ मा थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार त्यहाँ बुधबार मोरङको रतुवामाईका ९, उदयपुरको त्रियुगाका ४ र झापाको झापा गाउँपालिकाका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या चार सय १६ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म एक सय ८४ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । यस्तै दुई सय १८ जना प्रदेश का विभिन्न अस्पतालको आइसोलेसन बेडमा भर्ना भई उपचाररत छन् । प्रदेश १ मा मोरङको सुन्दरहरैंचामा लेभल १ स्तरको कोभिड अस्पताल छ ।
यस्तै, विराटनगरको कोशी अञ्चल अस्पतालमा लेभल २ र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेभल ३ स्तरको कोभिड अस्पताल सञ्चालनमा छ ।
प्रकाशित: ३ असार २०७७ १६:५४ बुधबार