समाज

कोरोनाका कारण सुदूरमा तेस्रो महिलाको मृत्यु

कोरोनाका कारण कैलालीमा एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो ।  

कैलालीको लम्की चुहा नगरपालिका–२, की ४३ वषिया महिलाको मंगलवार मृत्यु भएको थियो । बुधबार उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेका कारण कोहलपुरमा उपचार गर्न गएकी उनको मंगलबार मृत्युपश्चात् स्वाव संकलन गरेर भेरी अञ्चल अस्पतालमा परीक्षण गर्दा बुधबार बेलुकी कोरोना पुष्टि भएको नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डाक्टर नितेशकुमार कनौडियाले बताए ।  मंगलबार मृत्यु भएकी महिलाको शव अहिलेसम्म मेडिकल कलेजमै राखिएको छ ।  

योसँगै सुदूरपश्चिममा कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेको छ । यसअघि कैलालीको धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिला र बाजुराको बुढीगंगा नगरपालिकाकी दुई बर्षीया बालिकको मृत्यु भएको थियो ।

प्रकाशित: ३ असार २०७७ १४:२८ बुधबार

कोरोना संक्रमित मृत्यु