समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४ पुग्यो

बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार एक सय चारजना पुगेको छ। बुधबार कालीकोट १४, सुर्खेत र दैलेखमा दुई÷दुईजना नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेतका दुई र दैलेखका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकासमन्त्री दल रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका १४ जना कोरोना संक्रमित थपिएका छन्। 

दैलेखस्थित महाबु आइसोलेसन सेन्टरबाट एक सय ६, नारायण आइसोलेसन सेन्टर÷दैलेख अस्पतालबाट ४३ र प्रदेश अस्पतालबाट सुर्खेतबाट तीनजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै कर्णालीमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या चार सय ९४ पुगेको छ।

प्रकाशित: ३ असार २०७७ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App