समाज

रोल्पामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

मंगलवार रोल्पामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले रोल्पाका १ जना पुरुषमा कोरोना संक्रमण भएको बताएका हुन । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार उनि सुनिलस्मृती गाउँपालिकाका २४ वर्षिय पुरुष हुन् ।  

त्यस्तै सोमबार रोल्पाका ४ जना कोरोना संक्रमित भेटिएका थिए । सुनिलस्मृती गाउँपालिका वडा न. ५ र ८ का दुई जना पुरुष, लुङग्री गाउँपालिका वडा नं १ र २ का एक पुरुष एक महिलामा पनि कोरोना संक्रमण देखिएको थियो ।  

यो सँगै रोल्पामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । परीक्षण गर्ने निकायबाट गतिलो बिवरण नआउदा रोल्पामा संक्रमितका कुन ठाउँका हुन् भन्ने खुलाउन गाह्रो हुने गरेको छ । समयमै जानकारी नदिदा यहाँका स्वास्थ्यकर्मी र प्रहरी प्रसाशनलाई संक्रमित पहिचान गर्न घण्टौ समय लाग्ने गरेको छ । 

प्रकाशित: २ असार २०७७ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App