समाज

घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द

घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ।  स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ।  

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३  नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ। त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए।  

त्यसैगरी वडा नं २ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ। बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने  उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए।  घोराही –१७ का १७  र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ।  

प्रकाशित: २ असार २०७७ ११:१२ मंगलबार

बन्द स्वास्थ्य कार्यालय